वि.सं. २०५१ देखि सुरु भएको नेपाल सरकार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय द्वारा हरेक वर्ष प्रधान गरिदै आएको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार मा प्रतिभाका बिधागत क्षेत्रका स्रष्टाहरुलाइ सम्मान गरिदै आएको थियो। मन्त्रालयले पुरस्कार बिजेताहरुलाई गत वर्ष देखि राष्ट्रिय प्रतिभा पुरस्कार(रु १,००,०००।) तथा हरेक प्रदेशमा प्रादेशिक प्रतिभा पुरस्कार(रु ५०,०००) समेत प्रधान गर्ने निधो गरेको थियो । यस बर्ष नेपाल सङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिको संयोजकत्वमा गठन भएको निर्णायक समितिद्वारा यस बर्षको सङ्गित तथा नाट्य विधाको पुरस्कार निम्नानुसार स्रष्टाहरुलाई प्रधान गरिएको छः
राष्ट्रिय प्रतिभा पुरस्कारः श्री सत्य नारायण चौधरी, सिराहा
प्रादेशिक प्रतिभा पुरस्कारः
१ नं प्रदेशः श्री भरत गुरुङ्ग, ताप्लेजुङ्ग, २ नं प्रदेशः श्री हिरा कुमारी दर्लामी, महोत्तरी, बाग्मती प्रदेशः श्री केशर कालिकोटे, रामेछाप, गण्डकी प्रदेशः श्री मन कुमार श्रेष्ठ, तनहु, ५ नं प्रदेशः श्रीमती लक्ष्मी न्यौपाने, पाल्पा/रुपन्देही, कर्णाली प्रदेशः श्री कृपाराम शर्मा धमला, कालीकोट, सुदुर-पश्चिम प्रदेशः श्री मनोहर राम दमाई, बैतडी
मन्त्रालयद्वारा बिरतण भएको अरुसम्मान हरुको नामावली हेर्न यहाँ थिच्नुहोस।