सिमाना

Artist: The Axe Band

Chords: Bm….G….A….D….Em….F#m….

Strumming Pattern: D DUU DU

Bm G A Bm
हाम्रो  सिमाना लाई मिचेको हो कि बचेको हो X२
D A Bm
पहिलो कुरा  यो बुझ्नु छ, चक्रबिउ ह कस्ले रचेको हो
Bm G A Bm
टनकपुर र कालापानी, मिचेको हो कि बेचेको हो X२
D A Bm
दोस्रो  कुरा यो बुझ्नु छ, सम्झौता कस्ले रचेको हो
Em F#m
पुर्खाले लडे नालापानी, अब हामी लड्छौ कालापानी
Em F#m
नत्र  हामी बाचनु  नै धिक्कार हुन्छ, सधै छिमेकीको डर  मानी मानी
Em Bm
ऎ........ई..ऎ.....ई.. ऎ....
Bm G
सिमानाका किल्लाहरू दिनै पिछ्छे किन सर्छ
Bm G
हाम्रै बीचमा शत्रु भए तेस्लाई चिन्दै मासनु  पर्छ
Em
देश रहेपो हामी हुन्छौ , येही मन्त्र सबले जपनु पर्छ
Em F#m
सिमानामा जंगे पिल्लर होइन, बिशाल पर्खाल  थपनु पर्छ
Em
पुर्खाले लडे नालापानी .....
Bm G
देशको नक्सा खुम्चिसक्यो सिमा बेची खाईसक्यो
Bm G
सुस्ता जाउ रगत बगाउ लड्ने बेला आईसक्यो
Em
चिन्नैपर्छ अब हामी सबैले, जो जो हिडछन्  सधै बुई चडी
Em F#m
सपना मात्र बढ्दै  हिड्नेहरु, ठुला बैरी त ति हुन् बढी
Em
पुर्खाले लडे नालापानी......

 

Leave a Reply